डिजिटल बैंकिङमा हुने वित्तीय अपराधबाट आफूलाई कसरी सुरक्षित बनाउने ?
सूचना प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसरहरु ल्याएको छ तथापि अवसरसँगै चुनौती तथा जोखिम बढ्दै गएको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति, समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहने क्रम बढ्दो मात्रामा पाहिएको छ।
पछिल्लो समय कोभिड महामारी यता नेपालमा बैंक, वित्तीय संस्थाहरु तथा भुक्तानी सेवाप्रदायकहरुले प्रयोगकर्तालाई डिजिटल माध्यममा कारोबार गर्न धेरै प्रोत्साहन गरिरहेका छन् । सूचना प्रविधिहरुमाथिको अनाधिकृत पहुँच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबार आक्रमणबाट हुन सक्ने आर्थिक क्षतिलाई रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुने अर्थिक जोखिमबाट सुरक्षित रहन आवश्यक देखिन्छ । हामीले डिजिटल साक्षरताको ज्ञान हाँसिल गरी हाम्रो दैनिक व्यवहारमा प्रभावकारी प्रयोग गर्न सके यस्ता डिजिटल कारोबारमा हुने वित्तीय अपराधकाबाट आफुलाई सुरक्षित राख्न सकिन्छ ।
कम्प्युटर, ल्यापटप, मोबाइलमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन, Two Factor Authentication,
मोबाइल नम्बर, ओटिपि, बाायोमेट्रिक लक फिङ्गर प्रिन्टको प्रयोग गर्ने गर्नुपर्दछ ।
त्यसैले डिजिटल बैंकिङ प्रयोग गर्दा आफ्नो पासवर्ड र पिनकोर्ड गोप्य राख्ने, समय समयमा परिवर्तन गर्ने गर्नुपर्छ। सार्वजनिक स्थलमा उपलब्ध हुने निःशुल्क वाइफाइ, कम्प्युटरजस्तो साइबर प्रयोग गरी अनलाइन बैंकिङ सेवा प्रयोग गर्नु हुँदैन । आफ्नो बैंक स्टेटमेन्ट नियमित रुपमा चेक गर्ने र कुनै पनि कारोबारको तत्काल सूचना पाउन मोबाइलमा एसएमएस/इमेल नोटिफिकेसन्स आउने सुविधा प्रयोग गर्नु पर्दछ ।
आफुले प्रयोग गर्ने बैंकको अनलाइन बैंकिङ सम्बन्धी नियम प्रक्रियाबारे जानकारी लिने, अनलाइन बैंकिङका लागि आधिकारी वेबसाइट प्रयोग गर्ने, आफूले प्रयोग गर्ने स्मार्टफोन र अन्य डिभाइसमा भेरिफाइड तथा सुरक्षित एपहरु मात्र राख्ने गर्नु पर्दछ । कम्प्युटर, ल्यापटप, मोबाइलमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन, Two Factor Authentication, मोबाइल नम्बर, ओटिपि, बाायोमेट्रिक लक फिङ्गर प्रिन्टको प्रयोग गर्ने गर्नुपर्दछ ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी Internet Banking अथवा Mobile Banking को ग्कभच ल्बmभ तथा एबककधयचम माग्ने, नक्कली ध्भदकष्तभ बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिट्टा परेकोभनी लोभ देखाई उक्त चिट्टा वा उपहार रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनुजरुरी देखिन्छ ।
तपाईँको खाता रहेको बैंकले तपाईंलाई संवेदनशील जानकारी जस्तो पासवर्ड, पिन कोड, सिभिसी, ओटिपीजस्ता विवरण नमाग्ने हुँदा फेक कल/स्क्यामहरुबाट बच्नुपर्छ।
कसैले रकम भुक्तानी गर्ने बहानामा Barcode अथवा QR Code पठाएको अथवा APP को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकाास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि Barcode, QR code अथवा पासवर्ड पठाउन आवश्यक छैन ।
आर्थिक प्रलोभनमा परी बैंकसँग सम्बन्धित आफ्नो व्यक्तिगत विवरणहरु जस्तै, पिन नम्बर, खाता नम्बर, कार्ड नम्बर, पासवर्ड, पिन कोड, सिभिसी, ओटिपी, जन्ममिति, नागरिकता नम्बर मागेर ठगी गर्न सक्छन् । यस्तो गोप्य विवरण कसैलाई दिनुहुँदैन।
कुनै प्रलोभनमा परी तपाईँले आफ्नो बैंक खाता विवरण स्क्यामरलाई उपलब्ध गराउनु भएको छ भने पनि तुरुन्त सम्बन्धित बैंकलाई खबर गर्नु पर्दछ । जसले तपाईँलाई सम्भावित जोखिम कम गर्न मद्दत गर्नेछ । विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल www.gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।
अनलाइन भुक्तानीको सुविधा लिँदा उक्त कम्पनीका सर्तहरु पढ्ने बानी बसाल्नुका साथै सुरक्षित वेबसाइटहरूमा मात्र अनलाइन भुक्तानीहरु गर्नु पर्दछ । ता कि रकम हरायो वा चोरी भयो भने पनि फिर्ता गर्ने प्रशस्त प्रमाणहरु आफूसँग होस् ।
त्यस्तै आफ्नो नामको सिमकार्ड हराएमा सो नम्बर बन्द गर्न लगाई तुरुन्त बैंकमा जानकारी गराउनु पर्दछ । आफ्नो बैंक खाता सम्बन्धमा कुनै पनि शङ्का लागेमा बैंक शाखामा गई जानकारी गराउने र जानकारी लिने गर्नुपर्छ ।
अनलाइन बैंकिङको प्रयोग गर्दा सम्बन्धित बैंक वित्तीय संस्थाको आधिकारीक युआरएल (URL) सधैँ टाइप गरेर प्रयोग गर्ने र Emali Link वा अन्य वेबसाइटमा रहेको Hyperlink Click को प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । कुनै पनि Website मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक Website हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि Website को ठेगाना Website बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले Website को ठेगाना https:// बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।
आर्थिक प्रलोभनमा परी बैंकसँग सम्बन्धित आफ्नो व्यक्तिगत विवरणहरु जस्तै, पिन नम्बर, खाता नम्बर, कार्ड नम्बर, पासवर्ड, पिन कोड, सिभिसी, ओटिपी, जन्ममिति, नागरिकता नम्बर कसैलाई पनि दिनु वा भन्नु हुँदैन ।
अनलाइन बैंकिङमा प्रयोग भएको पासवर्डलाई बेला बेला परिवर्तन गर्ने, इन्टरनेट बैंकिङको सेवा प्रयोग गरी सकेपछि लगआउट, साइनआउट गर्ने र लगइन क्रेडिन्सियल कहिले पनि इन्टरनेट ब्राउजरमा सेभ गर्नु हुँदैन ।
अनलाइन बैंकिङको लागि प्रयोग गरिने कम्प्युटर/मोबाइल डिभाइस तथा मोबाइल एप्सलाई नियमित रुपमा अपटेड गर्ने र कम्प्युटर, मोबाइल, ल्यापटपलाई भाइरसबाट जोगाउनका लागि सधैँ लाइसेन्सयुक्त एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नु पर्दछ । निःशुल्क रुपमा उपलब्ध हुने एन्टिभाइरसको प्रयोगमा बन्देज लगाउनुपर्छ ।
अरु कसैको कम्प्युटरबाट आफ्नो बैंक अकाउन्ट लगइन गर्ने गल्ती नगर्नुहोस् । यस्तो अवस्थामा आफ्ना पासवर्डहरु अरुले थाहा पाउने जोखिम हुन्छ । यदि अरुको डिभाइस प्रयोग गरिहाल्नु पर्यो भने सुरुका २–३ पटक गलत पासवर्ड (Password) राखेर मात्र सही पासवर्ड राख्नु पर्दछ जसले गर्दा तपाईँको पासवर्ड ट्रेस वा अन्य व्यक्तिले थाहा पाउने जोखिम कम हुन्छ ।
साइबर सुरक्षालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई
अनिवार्य रुपमा आइटी अडिट राख्न निर्देशन दिएको छ ।
सामाजिक सञ्जालहरुमा तपाईँको व्यक्तिगत जानकारी साझा नगर्नुहोस् । फिक्सरहरुले तपाईंको जानकारी र तस्वीरहरू नक्कली पहिचान बनाउन वा तपाईंलाई स्क्यामको साथ लक्षित गर्न प्रयोग गर्न सक्दछन् । प्रयोग नभएको समयमा इन्टरनेट डिस्कनेक्ट गर्ने बानी बसाल्नुहोस् । ह्याकरहरुले इन्टरनेट कनेक्सनको माध्यमबाट तपाईँको कम्प्युटरमाथि निशाना लगाइरहेका हुन्छन् । जसबाट तपाईँको व्यक्तिगत विवरण, बैंकिङ सूचनाहरु चोरी हुन सक्दछ ।
यस्ता साइबर हमलाका स्क्यामिङ, फिसिङ, ह्याकिङहरुलाई पूर्ण रुपमा बन्देज लगाउन वा हटाउन सकिँदैन । केवल यस्ता जोखिमहरुलाई न्युनीनकरण भने गर्न सकिन्छ । यस्ता सामान्य कुराहरु जुन हाम्रो दैनिक व्यवहारमा सावधानीपूर्वक लागु गर्दा सम्भावित जोखिमबाट जोगिन सकिन्छ र आफूलाई सुरक्षित राख्न सकिन्छ । साइबर सुरक्षालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा आइटी अडिट राख्न निर्देशन दिएको छ । साइबर र आर्थिक अपराधको जालोलाई सम्बोधन गर्ने गरी छुटै कानूनी व्यवस्था हुन आवश्यक रहेको वित्तीय जानकारहरु बताउँछन् ।
- वित्तीय साक्षरता आर्थिक मासिक पत्रिका (पहिलो अंक)