वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाइने – राष्ट्र बैंक
काठमाडौँ — नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने निर्णय गरेको छ। शुक्रबार सार्जनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यसबारे उल्लेख गरिएको छ।
मौद्रिक नीतिमा वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउँदै ग्राहकहित संरक्षण गर्ने कुरा गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व र सेवाग्राहीप्रति बैंक तथा वित्तीय संस्थाको दायित्व, कर्जा व्यवस्थापन, ब्याजदर, र वित्तीय सेवाको तुलनात्मक विश्लेषण गर्ने कुरा पनि नीति अन्तर्गत समेटिएको छ।
राष्ट्र बैंकले डिजिटल बैंकिङ, वित्तीय ज्ञान एवम् मनोवृत्तिमा परिवर्तन लगायतका विषयहरू समेटेर बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने जनाइएको छ।