साइबर सुरक्षा सजगता: अनलाइन खतरा र सुरक्षा उपाय
हालका दिनहरूमा अनलाइन खतराहरू अत्यधिक वृद्धि भएको छ। अप्रत्यासित लिङ्क र चिट्ठा प्राप्त गर्दा, तीमा क्लिक नगर्नु अत्यन्तै महत्वपूर्ण छ। विदेशबाट गिफ्टको प्रस्ताव वा आइफोनको फोटो देखाएर रकम माग्ने जस्ता धोखाधडीबाट बच्न ध्यान दिनुहोस्। व्यक्तिगत फोटो वा जानकारी कुनै पनि व्यक्तिसँग सेयर नगर्नु, र आकर्षक रोजगारीको प्रलोभनमा रकम लगानी नगर्नु आवश्यक छ।
चिनजानका व्यक्तिबाट मेसेजमार्फत रकमको माग आएको खण्डमा फोन गरेर पुष्टि गर्नुस्, यो ह्याक भएको आईडी हुन सक्छ। परिवारसँग प्रविधि प्रयोग र अनलाइन खतराबारे कुरा गर्नुहोस्। सुरक्षित पासवर्ड र 2FA वा MFA जस्ता सुरक्षा उपायहरूको प्रयोग गर्नुहोस्। सार्वजनिक Free Wifi प्रयोग गर्दा संवेदनशील जानकारी आदानप्रदान नगर्नुहोस्, र कम्प्युटर वा ल्यापटपलाई नियमित रूपमा अपडेट गर्नुहोस्। यी सरल उपायहरूले तपाईंलाई साइबर खतराबाट सुरक्षित राख्न मद्दत पुर्याउँछन्।
अन्तमा, आफ्नो प्रविधिको प्रयोग र साइबर सुरक्षामा सजगता अपनाउनुहोस्, किनकि सुरक्षित रहनु नै प्रमुख उपाय हो। अनलाइन खतराहरूको सामना गर्न सबैलाई सचेत रहन र सधैं सुरक्षित उपायहरूको प्रयोग गर्न आग्रह गर्दछौं।